‘विनोद’मा सौगात र सृष्टिको जोडी

५ असोज २०८१ ५:३२

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर चलचिट्रमा सहकार्य गर्दै आइरहेका छन् ।

हालै चलचित्र ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को चलचित्र ‘विनोद’ मा पनि सहकार्य गर्ने भएका हुन् ।

सौगातको अभिनय रहने जानकारी दिँदै यो चलचित्रको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । यो चलचित्रको पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

आगामी मंसिरबाट छायांकन सुरु हुने यो चलचित्रमा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायको पनि अभिनय रहनेछ ।

सन् २०२५ मा यो चलचित्रलाई रिलिज गरिने पोस्टरमा उल्लेख छ् । ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायांकन भ्याउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *