आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।
गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । सार्वजनिक यो गीतको भिडियोमा कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायत प्रस्तुत छन् ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको चलचित्रमा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।
यो मितिमा अर्को दुई नेपाली चलचित्र ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शन हुँदैछ ।