असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो ।
सशस्त्र द्धन्द्वकालको कथामा निर्माण गरिएको यो चलचित्रको प्रिमियरमा राजनिज्ञ, चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दालगायतको उपस्थिती थियो।
चलचित्र हेरेका अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिदै धिरज मगर र उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । चलचित्रको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए ।
निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफु निकै इमोस्नल समेत भएको बताइन् । उनले धिरजसँगै उपासनाको अभिनयको पनि तारिफ गरिन् ।
प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा चलचित्र जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए । निर्देशक निश्चल बस्नेतले पनि तारिफ गर्दै चलचित्र गज्जब बनेको बताए ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको छलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । यो चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।