सो ट्वान्टीफाईभ ब्यानरमा निर्माण हुने हरर जनराको चलचित्र ‘ममीको’को सुटिङ सुरु भएको छ । मंगलबार आज राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर अछायांकन सुरु गरिएको हो।
पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गर्नेछन् । यो चलचित्रलाई निर्देशक समर निरौलाले निर्देशन गरेका छन् ।
३० दिनमा चलचित्रको पहिलो चरणको छायांकन सकिने र दोस्रो चरणको छायांकन तिहारपछि गर्ने निर्माणपक्षले जनाएको छ । चलचित्रलाई शरद महतोले छायांकन गरिरहेका छन्।
यो चल्लचित्रमा प्रियंका कार्की, सुलक्षण भारती तथा दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय छ।