यती अवार्डमा अनमोल र केकी उत्कृष्ट अभिनेता र अभिनेत्री

३१ भदौ २०८१ ७:२५

लण्डनमा आयोजना भएको यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ ।

शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो । अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट उत्कृष्ट अभिनेत्री बनिन् ।

जारी सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा÷पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिए ।

सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष्ठ, फर्की फर्कीबाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार बोक्सीको घर(बुझिन मैले), कालि प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समिक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक पुजार सार्कीबाट शिशिर खत्री (दर्शन गरें)ले अवार्ड हात पारेका छन् ।

यता बर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म जारीबाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पप्पुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् ।

सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् । पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुदाँ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन् । यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्माले हात पारेकी छिन् ।

यता लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली फिल्म क्षेत्रमा लिजेन्ड्री एक्टर भुवन केसी सम्मानित भएका छन् । केसीले अवार्ड ग्रहण गर्दै गर्दाको दृश्य निक्कै दुर्लव बन्यो । अभिनेता अनमोल केसीले स्टेजमै पीताको खुट्टा ढागेका थिए । जसले अवार्ड कार्यक्रयमा उपस्थीत सबैलाई स्तब्ध बनायो ।

१९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड सम्मन भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेरप्रतिस्पर्धा भएको इन्फा अवार्ड विदेशी भुमिका आयोजना भएको अवार्डहरु मध्ये सबैभन्दा भव्यरुपमा सम्पन्न हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *