आमा बन्ने तयारीमा नन्दिता केसी

३० भदौ २०८१ १५:५०

गत वर्षको फागुन १९ गते अरविन्द्र कटवालसंग विवाह गरेकी अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छिन्। उनले शनिबार समाजिक संजाल मार्फत आमा बन्न लागेको खुशीको क्षण सार्वजनिक गरेकी हुन् ।

पहिलो सन्तानको आमा बन्दै गरेकी नन्दिताले श्रीमान र परिवारसंग खिचिएका तस्वीरहरु पोस्ट गरेकिछिन् । ‘सून टू वी ममी’ लेखिएको टिसर्ट लगाएर तस्वीर पोस्ट गरेकी उनलाई श्रीमान सँग रोमान्टिक देखिएको छ।

तस्वीर सेयर गर्दै नन्दिताले भनेकी छिन्,’नारिले पाएको मातृत्वको बरदान र पुरूषले पाएको जगत पिता को बरदान ! सन्तानलाई गर्वमा हुर्काउदै गर्दा आफुलाई भाग्यमानी महसुस गरिरहेका छौ। भगवानको आशिर्वाद र मातापिताहरूको साथमा आफ्नतजन र सम्पुर्ण शुभचिन्तकको आशिर्वादलाई शिरमण गर्दछौ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *