देशदेखी विदेशसम्म ‘ज्वाइँ साब’को चर्चा

३० भदौ २०८१ १२:०९

बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्वाइँ साब’को देशदेखी विदेशसम्म चर्चा चुलिएको छ । चलचित्रको हालै सार्वजनिक फस्टलुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो ।

त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको छ ।

असोज २४ गते रिलिज हुने चलचित्रको गीतले थप उचाइमा पुर्याएको निर्देशक निरौलाले बताए । ‘पोस्टर र टिजरले चलचित्रको हाइप क्रिएट गरेको थियो,’ उनले भने, ‘कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग बढिरहेको छ ।’

विदेशमा र नेपालमा एकसाथ प्रदर्शन हुने यो चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ ।

रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माता विजय बस्याल, मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको निर्माण, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, एक्सन निर्देशन सञ्जय थापा र छायांकन श्याम तामाङले गरेका छन् । चलचित्रको सम्पादन सन्देश शाहले गरेका हुन् ।

चलचित्रमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्, भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *