आजबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘शाम्बाला’ ले नेपालबाट ओस्कार अवार्डमा भाग लिने भएको छ । आगामी ओस्कार अवार्डका लागि नेपालबाट चलचित्र शाम्बालाले मात्र आवेदन दिएको हो।
मीनबहादुर भाम निर्देशित यो चलचित्रले आवेदन दिएसङै अब ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो । आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि चलचित्रले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले बताए ।
नेपालको छनोट समितिले यो चलचित्रलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ ।ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ ।