आना शर्मा फिचर्ड ‘एक्टर: टेक वान’को क्यारेक्टर पोस्टर

२७ भदौ २०८१ ९:४१

कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक्टर: टेक वान’की नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा आना सहरीया युवतीका रुपमा प्रस्तुत भएकी छिन्।

यो पोस्टरमा उनको चरित्रको नाम पनि खुलाईएको छ । उनको चरित्रको नाम प्रक्रिती हो । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । यो चलचित्रको यसअघि तीन वटा पोस्टर सार्वजनिक भइसकेका छन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा नरेन्द्र मैनालीले छायांकन गरेका चलचित्रको लाइन प्रोड्युसरमा तोरन क्षेत्री छन् । अभिनेता खड्काले पहिलो पटक आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।

राजन भुसालको निर्देशन रहेको चलचित्रमा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायत रहेका छन् । राज बल्लभको यो कमब्याक चलचित्र हो ।

थमन कुमारी भण्डारी निर्माता रहेको चलचित्रका लेखक आकाश बराल र राजन भुसाल हुन् । ट्राइडेन कन्सेप्टको पब्लिसिटी तथा पोस्टर डिजाइनमा रोयल भिमसेन र सुजन श्रेष्ठ छन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको चलचित्रमा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको यो चलचित्रमा सह निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन् भने निमेश श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *