जितु र नीतिको ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा छमछमी

२६ भदौ २०८१ ९:४०

फूलपाती अर्थात असोजको २४ गतेबाट चलचित्र ‘ज्वाइँ साब’ अलओभर नेपाल प्रदर्शन हुँदैछ । यो चलचित्रको बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘कसम बत्तीको’ बोलको पहिलो गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक यो गीतको भिडियोमा बिहेको परिवेशलाई समावेश गरिएको छ । जितु नेपाल र नीति शाह फिचर्ड यो गीतको भिडियोमा कलाकारहरु बुद्दी तामाङ र हिमेश पन्तलाई पनि देख्न सकिन्छ । गीतको भिडियो निकै रमाइलो छ ।

निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतले दर्शकको सजिलै ध्यान तान्न सक्ने देखिन्छ ।

निर्देशक बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रलाई मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङले निर्माण गरेको हो । विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्रकारको संगीत छ ।

राजकुमार पण्डितको प्रस्तुति रहेको चलचित्रमा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, ईशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *