ठगी गरेको आरोपमा सुलेमान शंकर ‘इकु’ पक्राउ

२६ भदौ २०८१ ९:१५

कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा मंगलबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

उनले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताएका हुन् ।

सीआईबीका अनुसार उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बै.कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएका थिए । उनले विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताए ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *