नायक धिरज मगर पछिल्लो युवापुस्तामा प्रिय कलाकारको रुपमा मानिन्छन् । धिरजको हिजो जन्मदिन पनि परेको थियो । जन्मदिनको अवसर पारेर निर्माणपक्षले मंगलबार काठमाडौंमा एक कार्यक्रम विच चलचित्रको ट्रेलर सार्वजनिक गर्दै धिरजको जन्मदिन बिशेष केट काटेको थियो ।
चलचित्र निर्माणपक्षले आफुलाई गरेको माया र प्रेम देखेर निकै भावुक भएका धिरजले आफुलाई सम्हाल्नै सकेनन् । कार्यक्रममा बोल्दाबोल्दै भावुक भएका धिरजले आफुलाई सम्हाल्न नसकेपछि धरधरि रोए ।
किनकी, रुकुममा जन्मिएका धिरज दुई बर्षको उमेरमा परिवारसहित युके पुगेका थिए । धिरज मगरले आफु जन्मेको गाउँमा चलचित्र छायांकनको अवसरमा फर्कन पाएकोमा निर्देशक अशोक थापा मगर प्रति आभार समेत ब्यक्त गरे । आफु युके गएपनि सधैं मनमा आफ्नो जन्म गाउँको प्रचार प्रसार गर्ने इच्छा रहेको उनले बताए ।
जन्मदिनको दिन निर्माणपक्षले उपहार स्वरुप धिरजलाई ‘खुश्मा’मा दिएको हो । जिन्दगिमा थुप्रै उतारचडाब भोगेका धिरजलाई रुकुम मैकोटका स्थानीय बासिन्दाले निकै प्रेम र माया गरेको पनि सम्झिए । त्यस्तै, उनी युकेमा रहेका आफ्नो परिवारलाई सम्झेर अझै भावुक बनेका थिए ।