धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘खुस्मा’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
आज यो चलचित्रका मुख्य अभिनेता धिरज मगरको जन्मदिन पनि हो । सोही अवसरमा निर्माणपक्षले ट्रेलरसङै जन्मदिन बिशेष केट काटिएको थियो ।
निर्देशक अशोक थापा मगरको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरले मन छुन्छ । सार्वजनिक ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको छ। धिरज र उपासनालाई प्रेमी प्रेमीकाको रुपमा प्रस्तुत गरिएको छ ।
असोजको ३ गतेबाट रिलिजमा आउँने यो चलचित्रमा वीर बहादुर लामा, चन्द्र भट्टचन, वेतानी मगर, मानबहादुर मगरको लगानी, सुस्मिता वुढाथोकी सह–निर्माता, अशोक थापा मगरको कथा तथा पटकथा, दीपक बज्राचार्यको छायांकन, अशोक थापा मगरको सम्पादन, एसडी योगी, पार्क चान्जी र सरिता राईको संगीत छ ।
सुरेन्द्र राई, शेखर घर्ती मगर र सुसन लामाको कोरियोग्राफी रहेको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, राज थापा काउचा, विजय सुब्बा, अरुण मगर लगायतका कलाकारहरुको अभिनय छ ।