सुधनको डेब्यु चलचित्र ‘डिएनए’को फस्टलुक रिलिज

२५ भदौ २०८१ ७:२९

अभिनेता सुधन पोखरेलको डेब्यु चलचित्र ‘डिएनए’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। चलचित्रको पोस्टरमा सुधन फिचरिङ छन्।

पौराणिक एक्सन थ्रिलर शैलीको कथामा निर्माण हुने यो चलचित्रको पोस्टरमा उनले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका अनुमान गर्न सकिन्छ। जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। सुधनले यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् ।

आगामी फाल्गुन बाट छायांकन जाने यो चलचित्रको अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने निर्माणपक्षले जनाएको छ ।

चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दै चलचित्रको निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ।

सुशान्त केसी र प्रशान्त योगीको छायांकन, मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन रहने चलचित्रका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन्।

फोनिक फ्लिकको ब्यानरमा निर्माण हुने चलचित्रको पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक मगरले जनाए । चलचित्रको टिजर अबको केही दिनमा रिलिज गर्ने निर्माणपक्षको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *