सुरेश न्यौपानेको निर्देशनमा ‘रंगी’ निर्माण गर्दै सलोन

२४ भदौ २०८१ ६:२१

सलोन सलिना फिल्मस् प्रा.लिको व्यानरमा चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ। यो चलचित्रलाई सक्षम सुवेदीले निर्माण गर्न लागेका हुन् ।

यो चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गर्दैछन् । सुरेशको यो डेब्यू निर्देशन हो । यसअगाडि उनले थुप्रै चलचित्रहरुमा सह–निर्देशकको रुपमा काम गरिसकेका छन् ।

बाबु र छोरीको कथामा आधारित रहने यो चलचित्र निर्माण हुनेछ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन् ।

असोजको ११ गतेबाट छायांकन सुरु हुने यो चलचित्रलाई सौरभ लामाले खिच्नेछन्। चलचित्रको छायांकन काठमाडौंमा लगायतका क्षेत्रमा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *