डोल्पाबाट ‘लाज शरणम’को छायांकन सुरु

२३ भदौ २०८१ ८:४५

चर्चित सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्ने चलचित्र ‘लाज शरणम्’को छायांकन सुरु भएको छ । यो चलचित्रको हिजो शनिबारबाट ठूली भेरी नगरपालिकाको दूरगाउँबाट छायांकन सुरु गरेको हो । यो चलचित्रको टिम एक हप्ता अघि डोल्पा पुगेको थियो ।

कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने यो चलचित्रको अर्जुन घिमिरे ‘पाँडे’ र विजय बरालको टेकसँगै छायांकन सुरु गरिएको हो । सुदीप बरालले छायांकन गर्ने चलचित्रको दुई चराणमा छायांकन हुने जनाइएको छ।

चलचित्रको पहिलो चरणको छायांकन डोल्पामा २० दिन गरेर निर्माणपक्ष काठमाडौं फर्किनेछ। त्यस्तै, दोस्रो चरणको छायांकन काठमाडौं र अन्य केही जिल्लामा गर्ने तय गरेको छ । ५० दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रको छायांकन दसैं अघि नै काठमाडौंमा गर्ने निर्माणपक्षले जनाएको छ ।

जेपिटी क्रिएसनको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रमा ‘सक्किगो नि’ सिरियलका सबै कलाकार लगायत सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, कमलमणी नेपाल (खुपीका बाउ) माला लिम्बु ​​​​​​​ प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतको अभिनय रहनेछ ।

फागुन १४ गते महाशिवरात्रिलाई प्रदर्शन घोषणा गरिएको चलचित्रका निर्माता नवीन श्रेष्ठ र सह-निर्माता रामनरेश शाह हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *