सोमबारबाट आफ्नो कार्यभार सम्हालेका चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले जागिर खान नआएको बताएका छन् ।
अध्यक्ष डीसीले चलचित्र विकास बोर्डमा पुगेर पदभार ग्रहण गर्दैगर्दा आफू यहाँ जागिर खान नभएर नेपाली चलचित्र क्षेत्रको हक र हितका लागि काम गर्न आएको बताए ।
उनले विकास बोर्डका हरेक कामलाई अब आफूले शून्यबाट सुरु गर्ने बताउदै भने, ‘म अब शून्यबाट काम गर्छु। स्वदेशी चलचित्रको हितमा काम गर्छु । म यहाँ कसैलाई सोध्न आएको होइन । म काम गर्न आएको हो । म काम गर्छु, कसैलाई सोध्दिन । यदी मैले काम गर्ने क्रममा म माथि हस्तक्षेप र असहय मात्र भएको महसुस भयो भने पनि म पावरलेस गर्छु’।
त्यस्तै, उनले तीन महिनापछि मात्र मिडियामा आएर अन्तर्वाता दिने र आफूले तीन महिनामा गरेका सम्पूर्ण कामहरु मिडियामा प्रस्तुत गर्ने बताए । तीन महिना अगाडि उनले कुनैपनी मिडियामा आएर मिडियाबाजी नगर्ने स्पष्ट पारे ।
चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीले भ्रष्टाचार गरेको खण्डमा अध्यक्ष डीसीले ३० मिनेटमा पदबाट बर्खास्त गर्दै ५ मिनेटमा बोर्डको गेटबाट बाहिर निकालिदिएर सधैंका लागि विदा दिने चेतावनी दिए ।