दीपेन्द्रको ‘दुःखी आत्मा’मा अनुपविक्रमको इन्ट्री

१८ भदौ २०८१ ३:५८

निर्देशक दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र ‘दुःखी आत्मा’मा अभिनेता अनुपविक्रम शाहीको इन्ट्री भएको छ । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फाइनल भइसकेको यो चलचित्रमा निर्देशक लामाले आज अनुपाविक्रमलाई फाइनल गरेको हो ।

अभिनेता शाही यतिबेला हिमालय टिभीमा प्रसारण हुन लागेको टिभी रियालिटी शो ‘रोडिज’को नयाँ सिजनमा व्यस्त छन् । निर्देशक लामाका अनुसार उनलाई यो चलचित्रको कथाको माग अनुसार फाइनल गरिएको हो ।

यही भदौ महिनाको २४ गतेबाट छायांकन सुरु गरिने यो चलचित्रमा निर्देशक लामाकै पटकथा लेखक छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्रलाई काठमाडौं लगायतका आसपासमा खिचिने छ । निर्देशक लामाको अघिल्लो चलचित्र ‘नांगो गाउँ’ हो ।

निर्माता हिमाल कडरियाको निर्माण रहने यो चलचित्रमा आलोक शुक्लाको छायांकन रहनेछ । दयाहाङ,आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतकाको अभिनय रहने यो चलचित्र क्लक वर्क क्रिएसन्सको ब्यानरमा निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *