त्याग र संघर्षको कथा ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर

१६ भदौ २०८१ १२:३९

कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शन हुने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक गरिएको चलचित्रको टिजरमा मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।

यो चलचित्रको टिजरमा गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडालाई प्रस्तुत गरिएको छ । प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ । त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन् । आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याउने गरेको, अरुको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको टिजरमा देख्न सकिन्छ ।

एक मिनेट ५० सेकेन्ड लामो टिजरले एक विपन्न बुवाको आफ्नो सन्तान प्रतिको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो । अन्तर्राष्ट्रिय रूपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रले नेमा गन्धर्व परिवारको कथा भन्छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रमा विनोद पौडेल र प्रतीक सुवेदीको निर्माण, शिवराम श्रेष्ठको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर, सुरेन्द्र पौडेको सम्पादन, विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *