उप–सभामुख रानाको आतिथ्यमा ‘घर ज्वाँई’ले मनायो ५१ दिन

१६ भदौ २०८१ १०:३६

गत असारको २८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘घर ज्वाँई’ले ५१ दिन मनाएको छ। शनिबार उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा निर्माण टिमले यो चलचित्रको ५१ दिन मनाएको हो ।

निर्देशक अनिल बुढामगरको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको ५१ दिनको सेलिब्रेशन कार्यक्रममा टिमले केक काट्दै यो चलचित्रको टिमसँग जोडिएका प्राविधिक, कलाकारहरूलाई मायाको चिनो वितरण गरिएको थियो ।

निर्माता जनक घर्ती मगरको निर्माण रहेको यो चलचित्रलाई २ करोद बजेटमा निर्माण गरिएको थियो । बक्स अफिसमा भने यो चलचित्रले करिब ६ करोडको ग्रस कलेक्शन गरेको छ ।

अभिनेता दयाहाङ राई र नायिका मिरुना मगरको प्रमुख भूमिका रहेको यो चलचित्र मार्फत नेपालबाट शेयर, डिजिटल राइट्स र ओभरसिज राइट्सबाट चलचित्रका निर्माताले १ करोड बढी मुनाफा कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *