अभिनेता विराज भट्टको निर्देशन, निर्माण र अभिनय रहेको चलचित्र ‘१२ गाउँ’को चर्चा चुलिएको छ । नाम घोषणा भएदेखी नै चर्चामा रहेको यो चलचित्रको सार्वजनिक पोस्टर र टिजर रिलिजपछि अझै चर्चा चुलिएको हो ।
आगामी असोजको २४ गते अर्थात फूलपातिलाई प्रदर्शन घोषणा गरेको यो चलचित्रको टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्रको टिजर हेरेर कमेन्ट गरेका अधिकांश दर्शकले यो पटकको दसैंमा ‘१२ गाउँ’लाई समर्थन गर्ने जनाएका छन् । धेरैले उनलाई बाघ र उनका छोरा समीरलाई डमरूको उपनाम दिदै धेरैसमयपछि एक्सन चलचित्र हेर्न पाउने बताए ।
चलचित्रको टिजरमा विराज भट्ट र उनका छोरा समीर भट्टको एक्सन अवतार छ । उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रको टिजर साच्चिकै गज्जब बनेको छ । साउथ चलचित्रको झल्को दिने चलचित्रको टिजर हेरेपछि अझै यो चलचित्र प्रतिक्षित बनेको हो। अबको केहीदिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने निर्माणपक्षको तयारी छ ।
चलचित्रमा विराजका छोरा समीर भट्टको मुख्य भूमिका छ। समीरले यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका छन् । पहिलो चलचित्र रिलिज हुनुपुर्व नै चर्चा बटुलेका समीरको एक्सनको पनि खुबै चर्चा भएको छ।
समीर नेपाली चलचित्र क्षेत्रका लागि एउटा राम्रो सम्भावना बोकेका नायक हुन् । उनले निर्माता सन्तोष सेनको ‘बलिदान’ साइन गरिसकेका छन् ।