‘देवी’को मर्मस्पर्शी गीत ‘सेलाइ देउ खोलामा’

१६ भदौ २०८१ २:०४

यही शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को मर्मस्पर्शी गीत ‘सेलाइ देउ खोलामा’को अडियो सार्वजनिक गरिएको छ । सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रहेको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर समावेश छ।

अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भुमिका रहेको यो चलचित्रको सार्वजनिक गीतको शब्दहरू महिलालाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारप्रति प्रश्न गर्छ ।

क्राइम थ्रिलर जनरामा निर्माण गरिएको यो चलचित्रका निर्देशक सञ्जोग राई हुन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा तयार भएको यो चलचित्रका निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने यो चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । चलचित्रलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *