आजको चियोचर्चाः प्रदीप–पललाई प्रकाश सपुतको च्यालेन्ज,नाजिरको शरीरभरी गहना

१४ भदौ २०८१ १२:५३

प्रदीप–पललाई प्रकाश सपुतको च्यालेन्ज : आगामी कार्तिकको १५ गते अर्थात लक्ष्मीपूजाको दिनबाट तीन नेपाली चलचित्र ‘एक्टर’, ‘मायावी’ र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिजमा आउँदैछ । नायक प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टर’का निर्देशक राजन भुसालले यो मितीमा पहिल्यै रिलिज डेट फाइनल गरेको थियो । त्यस्तै, नायक पल शाह अभिनित चलचित्र ‘मायावी’का निर्देशक दिवाकर भट्टराइले पनि केहीदिन अगाडि यसै मितीमा चलचित्र रिलिज गर्ने घोषणा गरे । र, आजबाट यो मितीमा अर्को चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि थपिएको छ । यो चलचित्रमा गायक तथा कलाकार प्रकाश सपुत र विजय बराल प्रमुख भूमिकामा छन् ।

हलमा ‘वर एण्ड वधु’: उच्च क्यानभासको साथ निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वर एण्ड वधु’ आजबाट अलओभर नेपाल प्रदर्शनमा आएको छ । यो चलचित्रमा नव- नायक विवेक कर्मचार्य र नायिका आँचल शर्माको प्रमुख भूमिका छ । प्रिमियरमा राम्रो चर्चा बटुलेको यो चलचित्रको आज शुक्रबारको कमाइ सन्तोषजनक रहेको निर्माणपक्षले जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्ती : चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए । डीसीली आइतबार बाट कार्यभार सम्हाल्ने छन् ।

शिल्पाको देवी : नायिका शिल्पा मास्केको प्रमुख भूमिका रहेको चलचित्र ‘देवी’ यही भदौको २१ गतेबाट रिलिज हुँदैछ । बलात्कार बिरुदको कथा पेश गर्ने यो चलचित्रले एउटा गम्भिर कथा उठान गरेको छ । जसरी देवी देउतालाई पूजा गरिन्छ त्यसैगरी महिलालाई पनि सम्मान गर्नुपर्छ, पूजा गर्नुपर्छ भन्ने कथा चलचित्रले पेश गर्छ । यो चलचित्रमा शील्पा मास्के क्राइम पत्रकारको भूमिकामा छिन् ।

नाजिरको शरीरभरी गहना : नाजिरले आफ्नो दिमाखलाई शान्त राख्नको लागि गहना लगाउने गरेको बताए । उनले प्राय:जसो हातमा, घाटिमा र हातका औंलाहरुमा टनक्कै गहनाहरु लगाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *