यथार्थको कथा बोकेको ‘सानो संसार’को मर्मस्पर्शी टिजर

१४ भदौ २०८१ ११:५३

पारिवारिक कथावस्तुमा यथार्थको कथा बोकेको चलचित्र ‘सानो संसार’को टिजर रिलिज गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको यो चलचित्रको टिजरले यथार्थको कथा बोल्छ ।

भावना र हाँसोको मिश्रण समेटिएको यो चलचित्रको टिजर मर्मस्पर्शी छ । एउटा मध्यमवर्गका परिवारले देख्ने ठूला सपना र ती सपना पूरा गर्दाको संघर्ष, पीडा र संवेदनालाई टिजरमा प्रस्तुत गरिएको छ ।

निर्माता अर्जुन कुमारले निर्माण गरेको चलचित्र आगामी असोज ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्माता र ब्यानरमा चर्चित चलचित्र ‘लुट’का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज जोडिएको यो चलचित्रलाई अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

निर्देशक सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार भएको यो चलचित्रबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले यो चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दैछिन् । चलचित्र तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *