चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी

१४ भदौ २०८१ ५:४३

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।

यसअघि चलचित्र निर्देशक समाजको अध्यक्ष समेत बनिसकेका डीसी नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् ।

चलचित्र ‘सुनचाँदी’ मार्फत डीसी नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय डीसीलाई विकास बोर्डको अध्यक्ष पदका लागि प्रबल दाबेदार मानिएको थियो ।

नेपाल सरकारले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेपछि अहिले चलचित्रकर्मीहरु निकै उत्साहित देखिएका छन् । विकास बोर्डमा पुगेपछि बक्स अफिसको सुधार, नेपाली चलचित्रको विस्तार र विकासमा डीसीले महत्वपूर्ण भूमिका रहने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *