फ्राइडे रिलिज : हलमा आँचल र विवेकको ‘वर एण्ड वधु’

१४ भदौ २०८१ ५:२२

नायिका आँचल शर्मा र विवेक कर्मचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘वर एण्ड वधु’ आजबाट अल ओभर नेपाल प्रदर्शनमा आएको छ । मंगलबार पोखरा र र बुधवार काठमाडौं प्रिमियरमा राम्रो चर्चा पाएको यो चलचित्र सुखद ओपनिङका साथ प्रदर्शनमा आएको हो ।

यो चलचित्रका निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउन कुनै कसुर बाँकी नराखी नेपालमै पहिलोपटक ‘रेड कार्पेट मिरर वाक’ नामक प्रिमियरको आयोजना गरेका थिए । उच्च क्यान्भासमा खिचिएको यो चलचित्र हेर्ने सबैले उत्कृष्ट प्रतिक्रियाका साथै चाम्सको निर्देशकीय पाटोको पनि निकै तारिफ गरेका थिए। उनले आँखालाई शितल बनाउने चलचित्र निर्माण गरेका छन् ।

नायिका आँचल शर्माले चलचित्रमा निकै मिहेनत गरेकी छिन् । यो चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका नव- नायक विवेकले पनि खुबै मिहेनत गरेको देखिन्छ । यो चलचित्र हेर्दा विवेक नयाँ नायक जस्तो फील नै हुँदैन । सुदिप बरालको डीओपी रहेको यो चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको यो चलचित्रका कार्यकारी निर्माता अमित रिजाल हुन् । रोमान्टिक कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा जानुका थापाको लगानी रहेको छ । नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा छायांकन गरिएको यो चलचित्र उच्च क्यानभास खिचिएको छ ।

यो चलचित्रमा आँचल र विवेकसहित विजय लामा, किरण केसी, अंशु महर्जन, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रविन्द्र खड्का, हिमेश पन्त आदिको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *