‘पूर्ण बहादुरको सारङ्गी’ कात्तिक १५ गते रिलिज हुने

१४ भदौ २०८१ ४:३७

आगामी कात्तिक १५ गते अर्थात (लक्ष्मीपूजा)बाट चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुने पक्का भएको छ । शुक्रबार यो चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिती फाइनल गरेको हो ।

यो चलचित्रको सार्वजनिक पोस्टरमा कलाकारहरु विजय बराल र प्रकाश सपूत प्रस्तुत छन् । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । पोस्टरमा उनले केही हेरिरहेको देखिन्छ । त्यस्तै, प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा गलामा फुलमाला लगायर हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको अनुमान गर्न सकिन्छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रमा विनोद पौडेल र प्रतीक सुवेदीको निर्माण, शिवराम श्रेष्ठको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर, सुरेन्द्र पौडेको सम्पादन, विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

अन्तर्राष्ट्रिय रूपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रले नेमा गन्धर्व परिवारको कथामा भन्छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *