आजको चियोचर्चाः प्रिमियरमा विज्ञापन किन ? घाइते प्रदीपले अब भ्याउछन्, अनमोल–साइग्रेसको अंकमाल

१३ भदौ २०८१ १३:००

प्रिमियरमा विज्ञापनको सास्ती: हल संचालकहरुले प्रिमियर सुरु हुनुपुर्व २०-२५ मिनेट लामो बिज्ञापन बजाउनाले प्रिमियर हेर्न पुगेका चलचित्रकर्मी,पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरूले विज्ञापनको सास्ती भोग्नु परेको छ । निर्माताले हल बुक गरेर पैसा तिरेको ठाउँमा हल संचालकहरुले बिज्ञापन बजाउदै आएका छन् । जसले गर्दा अधिकांश हलले प्रिमियरमा विज्ञापन बजाउनाले उपस्थित पाहुनाहरूले यो सास्ती भोग्दै आएका छन् ।

घाइते प्रदीपले अब भ्याउछन् : नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘एक्टर’को केहीदिन अगाडि एउटा पोस्टर रिलिज गरिएको थियो । त्यो पोस्टर हेरेपछि दर्शकमाझ नकारात्मक प्रभाव पर्‍यो । किनकी सुरुवाती दिनदेखी नै चर्मामा रहेको यो चलचित्रको पहिलो पोस्टरले नराम्रो प्रतिक्रिया पाएपछि निर्माणपक्षले अतालिदै आज दोस्रो पोस्टर सार्वजनिक गरेको छ । यो पोस्टरमा नायक प्रदीप खड्का घाइते देखिएका छन् । उनको अनुहारमा चोटपटको भए र रगतले लत्त्पतिएको देखिन्छ ।

अनमोल–साइग्रेसको अंकमाल : चर्चित कथा वाचक साइग्रेस पोखरेल ‘जेरी अन टप’मा अनुबन्धित भएका छन् । साइग्रेसले अब यो चलचित्रको कथालाई थप मजबुत बनाउने उदेश्यका साथ निर्माता सरोज न्यौपानेले उनलाई अनुबन्धित गरेका हुन् । यो चलचित्रमा साइग्रेस जोडिन पाउदा निकै उत्साहित छन् । साइग्रेसको प्रवेशले नायक अनमोल पनि निकै खुशी छन् । किनकी साइग्रेस र अनमोलको सम्बन्ध निकै राम्रो छ । यी दुइले एकअर्कालाई पहिल्यैबाट फलो गर्दै आएका छन् ।

‘रेड कार्पेट मिरर वाक’मा ‘वर एण्ड वधु’: भोली शुक्रबारबाट रिलिज हुने चलचित्र ‘वर एण्ड वधु’को बुधवार काठमाडौंमा भव्य प्रिमियर आयोजना भयो । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रको नेपालमै पहिलोपटक मिरर वाक प्रिमियर गरिएको हो । प्रिमियरमा यो चलचित्र हेरेका सबैले निर्देशक चाम्सको तारिफ गर्दै उनको यो चलचित्रले आँखालाई शितल बनाएको बताए ।

शिल्पाको देवी : नायिका शिल्पा मास्केको प्रमुख भूमिका रहेको यो चलचित्र यही भदौको २१ गतेबाट रिलिज हुँदैछ । बलात्कार बिरुदको कथा पेश गर्ने यो चलचित्रले एउटा गम्भिर कथा उठान गरेको छ । निर्मला पन्तको घटनामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रले हाम्रो समाजलाई पक्कै पनि झकझकाउने छ। र, समाज परिवर्तनको लागि यी र यस्ता चलचित्रलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *