अनमोलको ‘जेरीः अन टप’मा जोडिए साईग्रेस

१३ भदौ २०८१ ८:१४

मेघास्टारर अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरीः अन टप’मा कथा वाचकको रुपमा चिनिएका साईग्रेस पोखरेल जोडिएका छन् । यो चलचित्रका निर्माणपक्ष र साईग्रेसबिच बिहिबार कागजी संझौता भएको हो ।

निर्देशक सुयोग गुरुङको निर्देशन रहने यो चलचित्रका निर्माता सरोज न्यौपानेका अनुसार साईग्रेसले अब यो चलचित्रको कथालाई अझै मजबुत बनाउन सहयोग गर्ने छन्।

निर्माता न्यौपानेले भने–‘साईग्रेसले अब हाम्रो स्क्रिप्टलाई अझै परिमार्जित र मजबुत बनाउनुहुनेछ भन्नेमा हामी ढुक्क छौ । उहाँ जस्तो व्यक्तिले हाम्रो स्क्रिप्टमा आफ्नो क्रियशन थप्दा अझै उत्कृष्ट हुनेछ ।’

यो चलचित्रको टिमसँग जोडिन पाउँदा साईग्रेस उत्साहित छन् । त्यस्तै, अनमोल पनि साईग्रेस यो चलचित्रमा जोडिँदा उत्साहित देखिएका छन् । यो चलचित्र आगामी फागुनको २ गतेबाट रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ ।

आगामी असोज महिनाबाट छायांकनमा जाने  चलचित्रलाई काठमाडौं, लुक्ला र लद्दाखमा खिच्ने निर्माणपक्षले जनाएको छ ।  चलचित्रमा अनमोल केसी, नायिकाद्धय आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *