टिजर रिलिज भएपछि चुलियो ‘ज्वाइँ साब’को चर्चा

१३ भदौ २०८१ ४:३९

निर्देशक बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को यतिबेला ब्यापक चर्चा भएको छ । यो चलचित्रको टिजर रिलिज भएपछि एकाएक चर्चा चुलिएको हो ।

हिजो बुधवार रिलिज गरिएको चलचित्रको टिजरले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । साथै निर्देशक निरौलाको निर्देशनको पनि चर्चा भएको छ । यो चलचित्रको नाम घोषणा भएदेखी नै चर्चामा रहेको थियो भने निर्देशक निरौलाको चलचित्रको टिजर कस्तो होला भन्ने प्रतिक्षा सबैको थियो ।

यो चलचित्रको टिजर हेरेपछि प्राय: दर्शकले टिजरलाई एकदमै सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकाशंले यो चलचित्रको टिजर रमाइलो रहेको र यो पटकको दसैंमा यही चलचित्र हेरेर रमाइलो गर्ने बताएका छन् । टिजरमा नीतिलाई बेहुलि र जितुलाई बेहुलाको भेषमा देखाइएको छ ।

आगामी असोजको २४ गते अर्थात फूलपाती बाट प्रदर्शनमा आउने चलचित्रको टिजर निकै निकै रमाइलो र केही सस्पेन्स पनि लुकेको अनुमान गर्न सकिन्छ । चलचित्रमा नायिका नीति शाह र कलाकार जितु नेपाल मुख्य भूमिकामा छन् । यो चलचित्रको कार्यकारी निर्माता विजय बस्याल हुन् ।

राजकुमार पण्डितको प्रस्तुति रहेको यो चलचित्रमा मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको निर्माण, शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्रकारको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *