जितु र नीतिको ‘ज्वाइँ साब’को टिजरमा के छ ?

१२ भदौ २०८१ ८:२०

आगामी फूलपाती अर्थात असोजको २४ गतेबाट चलचित्र ‘ज्वाइँ साब’ रिलिज हुँदैछ । यो चलचित्रको बुधवार टिजर सार्वजनिक गरियो ।

चलचित्रको सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्र जितु नेपाल र नायिका नीति शाह फिचर्ड छन् । उनको साथमा कलाकारहरु बुद्दी तामाङ, शिशिर वाङ्देल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, हिमेश पन्त लगायत प्रस्तुत छन् ।

यो चलचित्रको टिजर हेर्दा रमाइलो र फरक कथामा निर्माण गरिएको देख्न सकिन्छ । टिजरमा नीतिलाई बेहुलि र जितुलाई बेहुलाको भेषमा देखाइएको छ । टिजर जितु नेपालप्रती बढी केन्द्रित देखिन्छ । त्यस्तै, बेहुलिको भेषमा हात्तीमाथि चडेकी नीतिलाई गज्जब देखिएको छ ।

निर्देशक बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रलाई मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङले निर्माण गरेको हो । विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्रकारको संगीत छ ।

राजकुमार पण्डितको प्रस्तुति रहेको यो चलचित्रमा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, ईशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *