भद्रकालीमा ‘एक्लो’को शुभमुहूर्त, कल्की अवतारमा प्रदीप

१२ भदौ २०८१ ७:१३

भदौको १३ अर्थात भोलिबाट छायांकनमा जाने चलचित्र ‘एक्लो’को शुभमुहूर्त गरिएको छ। बुधवार बिहान भद्रकाली मन्दिरामा पूजाआजा गर्दै यो चलचित्रको शुभमुहूर्त गरिएको हो ।

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको यो चलचित्रको शुभमुहूर्त सँगै क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायक प्रदीप खड्का ‘कल्की’ अवतारमा प्रस्तुत भएका छन्।

त्यस्तै, यो चलचित्रको लागि पहिलो मुहूर्त सट अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले दिएका छन् । नायक खड्काले भने भोलिबाट सुटिङ जोइन गर्ने निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रको मुहूर्तमा विजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपालीको अलवा बेलायती अभिनेता जेमी बेकन पनि सहभागी थिए । मंगलबारमात्रै नेपाल आएका जेमी बेकनको पनि यो चलचित्रमा अभिनय रहनेछ ।

निर्देशक प्रदीप शाहीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको छायांकन काठमाडौंबाट सुरु गर्दै सुटिङ युनिट उपल्लो मुस्ताङ पुग्नेछ। यो चलचित्रको छायांकन अवधी ४५ दिनको रहनेछ ।

साइन्स–फिक्सन कथामा निर्माण हुने यो चलचित्रमा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, दिया पुन र बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *