ड्रेसकै कारण ट्रोल बन्दै पूजा

१२ भदौ २०८१ ५:२७

नायिका पूजा शर्माको यतिबेला खुब चर्चा भएको छ । उनको कहिले आफुभन्दा अग्रज कलाकारको गाला चिमोटेको कारण चर्चा हुन्छ त कहिले कन्टोभर्सीका कारण चर्चा हुने गर्छ ।

तर, नायिका पूजा शर्माको यतिबेला आफुले लगायको ड्रेसका कारण चर्चा भइरहेको छ । निर्देशक लक्ष्मण सुवेदीको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘सतीदेवी’को रिलिज पुर्व काठमाडौंमा प्रिमियरको आयोजना गरिएको थियो।

उक्त प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । सोही क्रममा नायिका पूजा शर्मा पनि प्रिमियर हेर्नलाई निर्देशक लक्ष्मणको निम्तोलाई स्वीकार्दै हलमा पुगेकी थिइन् । प्रिमियरमा पुगेकी नायिका पूजाको खुबै चर्चा भयो। कारण थियो, उनले लगाएको एउटा कालो कलरको ओपन ड्रेस ।

प्रिमियरमा उनले अगाडि ढाकिएको र पछाडि पुरै ओपन कालो टिसर्ट लगाएर पुगेकी थिइन् । तर, उनले लगायको उक्त ड्रेस मासु काट्दा लगाउने एप्रोन सँग तुलना गरिएको छ। धेरैले उनलाई सोही ड्रेसका कारण ट्रोलको सिकार बनाएका छन् । अहिले सामाजिक संजालमा उनको ब्यापक चर्चा भइरहेको छ। कतिले उनलाई गाली समेत गरेका छन् । कसैले मजाकको पात्र बनाएका छन् ।

टिकटकमा उनलाई मजाकको पात्र बनाउदै बलिउड अभिनेत्रीको नक्कल गरेको र यो नक्कल पटक्कै नसुहाउदो भएको भन्दै फोटो जोडेर पोस्ट पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *