शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘सतीदेवी’ हेरेर एक महिला दर्शकले आफू तीन दिनसम्म रोएको बताएकी छन्। सुजा जोङबाङ लिम्बु नाम गरेको फेसवुक वालमा एक भिडियो पोस्ट गर्दै यस्तो बताएकी हुन्।
उनले पोस्ट गरेको भिडियोमा भनेकी छिन्, ‘म शुक्रबार सतीदेवी हेर्न गएको थिएं जुन मैले सोचेकोभन्दा पनि राम्रो मुभी बनेको रैछ। सबै टिमहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। ‘आज तीन दिन भइसक्यो मैले मुभी हेरेर आएको तर आजसम्म पनि मलाई एकदम धेरै त्यो मुभिको दृश्य-दृश्यहरुलेले एकदम छोइरहेको छ। एकदम भावुक भइरहेको छु। खासगरी सती(मलिका महत)को अभिनय, नानीहरु(बालकलाकारहरु)को अभिनयले धेरै भावुक बनायो ।’
नेपाली समाजमा यस्ता चलचित्रहरु अझै निर्माण हुनेपर्ने बताउदै उनले अगाडि भनेकी छिन्,’कस्तो राम्रो मुभी सतीदेवी, ३ दिनदेखि सम्झीदै रुदै गरिराछु । प्लीच सबैले हेर्नुहोस, रियालिटी छ । यस्तो मुभी धेरै बन्नुपर्छ’ भनेर लेखेकी छन्।
निर्देशक लक्ष्मण सुवेदीको लेखन,निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रले प्रिमियरमा समेत तारिफ बटुलेको थियो। प्रिमियरमा सहभागी प्राय सबैले चलचित्रको केही दृश्यहरुमा आफूहरु भावविभोर भएको आँशुहरु रोक्न नसकेको प्रतिक्रिया दिएका थिए।
यो चलचित्रमा नायिका मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुती रहेको चलचित्रको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।