आजको चियोचर्चा: प्रदिप र पलको भिडन्त पक्का, पुजालाई प्रिमियर फापेन,अभागी नीता र अनुहारले चलचित्र नचल्ने आँचलको दाबी
११ भदौ २०८१ १४:००
कार्तिक १५ मा नायक प्रदीप खड्का र नायक पल शाहको भिडन्त – आगामी कार्तिक १५ गते नायक प्रदीप खड्का र नायक पल शाहको भिडन्त हुने पक्का छ । नायक प्रदीप स्टारर चलचित्र ‘एक्टर’ आगामी कार्तिक १५ गतेबाट प्रदर्शन हुँदैछ। त्यस्तै, नायक पल शाहको मुख्य भूमिका रहेको अर्को चलचित्र ‘मायाबी’ पनि सोही मितिमा रिलिज हुँदैछ।
नायिका पूजालाई प्रिमियर फापेन – नायिका पूजा शर्माको यतिबेला खुब चर्चा भएको छ । प्राय: कन्टोभर्सीका कारण चर्चामा रहने नायिका पूजा शर्मा यतिबेला ड्रेसका कारण चर्चामा छिन् । उनले चलचित्र ‘सतीदेवी’को प्रिमियरमा एउटा कालो ड्रेस लगायर पुगेकी थिइन् । जुन, उनले लगायको ड्रेस मासु काट्दा लगाउने एप्रोन सँग तुलना गरिएको छ। धेरैले उनलाई सोही ड्रेसका कारण ट्रोलको सिकार बनाएका छन् ।
अभागी नीता : नायिका नीता ढुंगानालाई अभागी नायिकाको ट्याग लागेको छ। कारण उनको पछिल्लो चलचित्र ‘हस्व दीर्घ’ हो । यो चलचित्रको प्रदर्शन मिती असोजको ११ गते थियो । त्यसपछि नायिका ढुंगानाले असोजको ३ गते प्रदर्शन तोकिन । फेरी उनले यो मितिमा पनि काम नसकिएको भन्दै कार्तिक ३० गतेलाई प्रदर्शन मिती तोकिन । तर, यो मितिमा अर्को दुई चलचित्र प्रदर्शनमा आउँदैछ । यो मितीमा उनले चलचित्र प्रदर्शन गर्लिन या फेरी प्रदर्शन मिती पोस्टपोन्ट होला त्यो भने कुर्नै पर्ने हुन्छ ।
‘तेल भिसा’ : विपिन कार्की तथा वर्षा राउत स्टारर ‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैं’ सोमबार रिलिज गरिएको हो। यो गीतमा कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द, निशान भट्टराई तथा समीरा थपलियाको युगल स्वर छ। यो चलचित्रको लेखक तथा निर्देशक शंकर घिमिरे हुन्। यो चलचित्रमा नायक विपिन कार्की दोहोरो भूमिकामा छन् ।
नायिका आँचल भन्छिन्–‘अहिले अनुहार होइन कथा बिक्छ’ : नायिका आँचल शर्माले अहिले अनुहारले चलचित्र नचल्ने बताएकि छिन् । उनले चलचित्र चल्न कथावस्तु चाहिने बताइन् । पहिला अनुहार बिक्थ्यो तर, तर अहिले कथा बलियो हुनुपर्छ ।