नायिका अरुणिमा लम्साल अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मंगलबार यो चलचित्रको सामाजिक सञ्जालमार्फत फस्टलुक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो ।
निर्देशन बिमलेश अधिकारीले निर्देशन गरिरहेको यो सिरिजबाट नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन्। यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहनेछ।
यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ। सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन्। सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ।
सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवाल मेकअप आर्टिस्टको रूपमा छन्। पहिलो सिजनको छायांकन सकिएको यो सिरिजको केही दिनमा टिजर सार्वजनिक गर्ने निर्माणपक्षले जनाएको छ।