निर्देशक दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र ‘मायाबी’ कार्तिकको १५ अर्थात लक्ष्मी पूजाबाट प्रदर्शन हुँदैछ। निर्देशक भट्टराइले मंगलबार रिलिज डेट सहितको पोस्टर सार्वजनिक गर्दै यो चलचित्र आगामी कार्तिक १५ गते प्रदर्शन गर्ने घोषणा गरे ।
उनले यो चलचित्रको प्रदर्शन मिती घोषणा गर्दै आफ्नो ६ वर्ष अगाडि देखेको एउटा सपना पूरा भएको बताए । आखिर उनलाई कुन कुराले ६ वर्षसम्म रोक्यो ? उनले किन यतिका वर्षसम्म रिलिज डेट फाइनल गर्न सकेनन् ? अहिले आएर किन एक्कासी प्रदर्शन मिती तय गरे भन्ने यावत प्रश्नहरुको जवाफ दिदै उनले भने,’आज भन्दा करिब ६ वर्ष अगाडि देखेको एउटा सपना हो। यो सपना मात्र नभएर एउटा पागलपन बन्यो,आफैले चलचित्र बनाउने! आज यो रिलिज डेट घोषणा गर्दा खुशी छु।’
उनले अगाडि भन्छन्,’यतिका दिनसम्म रिलिज मिती फाइनल गर्न नसक्नु मेरो बाध्यता थियो। अनी अहिले आएर प्रदर्शन मिती घोषणा गर्नु कसैसँगको लडाईं पनि होइन । अहिले प्रदर्शन गर्नुपर्ने मलाई बाध्यता पनि भएकोले मैले रिलिज मिती तय गरेको हो ।’
अभिनेता पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रले लामो समयपछि प्रदर्शन मिती फाइनल गरेको हो । यो चलचित्रमा अभिनेता पल शाहको अलावा दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला समिम खान लगायतका कलाकारको प्रमुख भूमिका छ ।