चलचित्र ‘आउटलः दफा २१९’को रिलिज मिति पोष्टपोन्ड भएको छ । असोजको ३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब निर्धारित मितिमा रिलिज नहुने भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ती सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति चाडै नै तोक्ने बताएको छ ।
चलचित्रको छायांकन र प्राविधिक काम नसकिएको भन्दै असोज ३ गतेबाट चलचित्र रिलिज गर्न नसकिएको जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको निर्माण कम्पनीले दर्शकसँग निर्धारित मितिमा चलचित्र रिलिज गर्न नसकेकोमा माफी समेत मागेको छ । चलचित्रको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
चलचित्रमा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।
चलचित्रमा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।