नेपाली चलचित्र क्षेत्रमा दुई सुपरस्टार नायकहरु प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘पुजार सार्की’ले जेठ महिनामा सुखद कमाई गर्यो ।
यो चलचित्र चलाउनमा कुन नायकको बढी हात छ भन्ने टिप्पणी अहिले पनि भइरहेको छ । तर, यो बिचमा यी दुई नायक भने एकसाथ भिड्न तयार भएका छन् ।
कार्तिकको १५ गते लक्ष्मीपूजाको दिनमा नायक प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टर’ रिलिज पक्का थियो । राजन भुषालको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन पनि लगभग सकिएको छ ।
तर, अब यो चलचित्र सोलो रिलिज हुन नपाउने भएको छ । यो मितिमा दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘मायाबी’ पनि रिलिज हुने भएको छ ।
पल शाह, दिपिका प्रसाँई, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समीम खानको मुख्य भूमिका रहेको चलचित्रलाई पनि कार्तिकको १५ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।
यसको निर्माणपक्षले केही दिनमै चलचित्रको फस्टलुक सार्वजनिक गर्दै कार्तिक १५ गतेलाई प्रदर्शन मिति तय भएको घोषणा गर्नेछ ।