निर्माता अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘सानो संसार’को प्रदर्शन मितीमा हेरफेर गरिएको छ । पूर्वनिर्धारित प्रदर्शन मिति हेरफेर गर्दै निर्माताले नयाँ मिति घोषणा गरेका छन् ।
यो चलचित्रको यसअघि आगामी असोज १७ गते घटस्थापनामा प्रदर्शन गर्ने निर्माणपक्षको तयारी थियो । अब भने यो चलचित्र आगामी असोज ११गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो ।
निर्माता र ब्यानरमा चर्चित चलचित्र ‘लुट’का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको यो चलचित्रलाई अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
निर्देशक सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार भएको यो चलचित्रबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले यो चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दैछिन् । यो चलचित्र तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।