मोफसल टुरमा ‘वर एण्ड वधु’ टिम

८ भदौ २०८१ १४:४९

यही भदौको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर पत्रकारहरु सँग साक्षात्कार गरेको छ । यो चलचित्रका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका बिर्तामोड, धरान, इटहरी र विराटनगर पुगेर प्रचारलाई तिव्र बनाएको हो ।

त्यस्तै, क्रममा यो चलचित्रका निर्देशक मिलन चाम्सले यो चलचित्र साचिक्कै उत्कृष्ट बनेको भन्दै दर्शकले उच्च क्यानभास उत्कृष्ट चलचित्र हेर्न पाउने जनाए । उनले भने, ‘यो चलचित्र उत्कृष्टका साथै ‘वर एण्ड वधु’ जस्तै नै बनेको छ। एउटा हेर्नै पर्ने चलचित्र बनेको छ।’

नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा छायांकन गरिएको यो चलचित्र दर्शकले उच्च क्यानभास हेर्न पाउने निर्देशक चाम्सले बाटए । त्यस्तै, कलाकार किरण केसीले दर्शकले यो चलचित्रलाई साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरे ।

मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको चलचित्रको टिमलाई दर्शकले उत्साहजनक रुपमा स्वागत गरेका थिए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो चलचित्रको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *