आगामी असोज १७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा तयार भएको यो चलचित्रको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।
नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । यो चलचित्रको यसअघि तीनवटा गीत सार्वजनिक भइसकेका छन् ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रमा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ ।