चलचित्र ‘आँखा’ को टिजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको टिजरमा सुकुम्वासी बस्तीको पिडालाई देखाइेको हो ।
काठमाडौँको बागमती नदी किनारको सुकुम्वासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरिएको यो चलचित्र आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउनेछ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको यो चलचित्रलाई जौन योन्जनले निर्देशन गरेको हो । यो चलचित्रमा योन्जनकै कथा, पटकथा, संवाद र निर्माण छ । नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको यो चलचित्रमा राम बस्नेत लाइन प्रोड्यूसर र सह–निर्मातामा रेनुका कार्की ढोली छिन् ।
कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहेको यो चलचित्रमा पार्श्व सङ्गीत गङ्गा थापाको र ध्वनि मुद्रण किशोर आचार्यको छ ।
चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा र अभयराज बरालको अभिनय छ । त्यस्तै, बाल कलाकारको भूमिकामा प्रसन राई छन् । यो चलचित्रलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण गर्नेछ।