‘वर एण्ड वधु’को नयाँ गीत ‘सिरी सिरी हावा’मा रोमान्टिक आँचल र विवेक

७ भदौ २०८१ ५:४०

मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरि सिरि हावा’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक यो चलचित्रको गीतमा नायक विवेक कर्माचार्य र नायिका आँचल शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना तथा युग भुषालको संगीत रहेको गीतमा सुगम पोखरेल र नेहा करोडेको स्वर छ । नेपाल र रोमानियाको सुन्दर लोकेशनमा खिचिएको फिल्मको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । यो गीतको भिडियोना विवेक र आँचल रोमान्टिक अव्तारमा प्रस्तुत छन् ।

एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्नेछ । जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा रहेको यो चलचित्रमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

यही भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । विवेक र कुसुमको यो डेब्यु चलचित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *