‘पिताम्बर’मा दयाहाङ राईको इन्ट्री

७ भदौ २०८१ ५:०२

कृषा चौलागाईंको निर्देशन रहने चलचित्र पिताम्बर’मा अभिनेता दयाहाङ राईको इन्ट्री भएको छ । उनले बिहीवार यो चलचित्रका निर्माण टिमसँग सम्झौता गरेका हुन् ।

यसअघि नै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेको यो चलचित्रमा अब दयाहाङ पनि अनुबन्धित भएका हुन् ।

हाल वर्कसप चलिरहेको यो चलचित्र मार्फत पहिलोपटक दयाहाङ, सौगात र प्रदीप एकसाथ देखिनेछन् । यो चलचित्रको आगामी साताबाट दोस्रो चरणको छायांकन सुरु गरिँने निर्माणपक्षले जनाएको छ ।  

यो चलचित्रको पहिलो चरणको छायांकन गत वर्ष नवलपरासीमा भएको थियो । चलचित्रमा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायतको पनि विशेष भूमिका रहने छ।

पुरुषोत्तम प्रधानको छायांकन रहने यो चलचित्रको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्रको लागत करिब ५ करोड रहेको बताइएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *