बहुप्रतिक्षित चलचित्र ‘रावायण’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। एक्सनले भरिपूर्ण ट्रेलरबाट चलचित्रमा पल शाहलाई एक्सन अवतारमा देखाइएको छ ।
यो चलचित्रमा अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको भूमिकामा रहेकी छन् । त्यस्तै अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा रहेकी छन् ।
यही भदौ २१ गते अर्थात् तीजको बिदा पारेर रिलिजमा आउन लागेको यो चलचित्रलाई पूजा शर्माले एकल निर्माण गरेकी हुन् ।
सौरभ लामाको छायांकन शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
सुदर्शन थापाको निर्देशन रहेको यो चलचित्रमा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल, शर्मिला मल्ल लगायतको पनि अभिनय छ । एक गीतमा अभिनेत्री नीकिता चाण्डकको नृत्य गरेकी छन् ।