आजबाट ‘एक्लो’को वर्कशप सुरु

४ भदौ २०८१ १२:३६

निर्देशक प्रदीप शाहीले निर्देशन गर्ने चलचित्र ‘एक्लो’को वर्कशप सुरु भएको छ । यो चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कशप सुरु गरेका हुन् ।

यही भदौको अन्तिमबाट छायांकन सुरु गर्न लागिएको यो चलचित्रका मुख्य कलाकारहरू अहिले धमाधम वर्कशपमा लागिपरेका छन् ।

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने उद्देश्यका साथ यो चलचित्रको निर्माण गरिएको निर्देशक शाही बताउछन् । यो चलचित्रको वर्कशपमा चलचित्रका मुख्य कलाकारहरू प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, दिया पुन आदि सहभागी छन् ।

अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन्। साही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र सँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *