कांग्रेस नेता युवराजसँग अरुणिमा लम्सालको लगनगाँठो

४ भदौ २०८१ ६:३७

चर्चित नायिका अरुणिमा लम्सालले धरान चतराका युवराज श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा विवाह गरेकी हुन् ।

अरुणिमाले परिवार र आफन्तहरूको उपस्थितिमा दोस्रो विवाह गरेकी हुन् । यी दुइले ४ दिन अगाडि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन् । युवराज श्रेष्ठ कांग्रेसका नाम चलेका नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।

नायिका अरुणिमा र युवराजको कुराकानी सामाजिक संजालमा केही समय अगाडिदेखि नै भएको थियो । यसपछि, नेपाल आएकी अरुणिमा र युवराजले परिवारसँग सल्लाह गरेर मागी विवाह गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो । उनको केही बर्ष अगाडि अमेरिकामा नै आफ्ना पूर्व श्रीमान् अमित अर्यालसँग डिभोर्स गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *