‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक
४ भदौ २०८१ ४:५२
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र ‘देववाणी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘तिमीलाई सधैं भरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
आगामी मंसिरको ७ गतेबाट रिलिजमा आउने यो चलचित्रको सार्व्जनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् । यो गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द र मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।
तेन्जु योञ्जनको कोरियोग्राफी रहेको यो गीतलाई भारतका सुन्दर लोकेशनमा छायांकन गरिएको देख्न सकिन्छ । गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा देखाइएको छ ।
निर्देशक बाबु साहेब बलामिको निर्देशनमा तयार भएको यो चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, सत्यम रानाको भीएफएक्स, बन्दे प्रसादको टिजर र ट्रेलर, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता, कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् ।
नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मी नाथ तिमल्सिना र मौसम पौडेलको अभिनय छ ।