निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ नयाँ प्रदर्शन मिती तय गरिएको छ। सोमबार निर्माणपक्षले आगामी कार्तिकको ३० गतेलाई प्रदर्शन मिती तय गरेको हो ।
यो चलचित्रको प्राविधिक काम नसकिएको भन्दै यसको निर्माणपक्षले असोजको कार्तिक ३० गतेलाई प्रदर्शन तय गरेको हो । यो चलचित्रको प्रदर्शन मिति यसअघि असोज ११ गतेलाई तोकिएको थियो । असोज ११ बाट प्रि–पोन्ड भएर असोजको ३ गते रिलिज हुने पक्का भएको चलचित्र अब भने कार्तिकको ३० गतेबाट दर्शकमाझ आउने भएको छ ।
तीन वटा भाषामा रिलिज हुने यो चलचित्रमा हरिहर अधिकारीको कथा, कविरलालको डीओपी, प्रतीक पौडेलको लेखन, मित्र डी गुरुङको सम्पादन, राजु तामाङको एक्सन, सुष्मा सुनाम र रामजी लामिछानेको कोरियोग्राफी छ ।
नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारीको साथमा विपना थापा, संचिता लुइटेल, गरिमा शर्मा, किरण केसी, साउथका कलाकार ब्रमानन्दमको पनि मुख्य भूमिका छ ।